अमृत भन्दै दिईएको जहरको कुरा नगर
अस्वभाविक ति तिम्रा रहरको कुरा नगर
जीवन केहो बुझ्न बाँकि नै छ तिमिले
विहे र ति जन्तिको लहरको कुरा नगर
जवानीको मातमा पाएकी त्यो साथको
शराबीले भरीएको सहरको कुरा नगर
लाज पचाउँदै भट्टिभित्र छिरिसक्यौ तिमि
भयो ति तिम्रा अन्य प्रहरका कुरा नगर
मेरो प्रेमलाई लत्याउदै हिँड़ेको थ्यौ उसैसँग
अहिले आई उ दोषि ठहरका कुरा नगर
सम्बन्ध सारा टुटाई गएपछि हामीबिचको
लुरेुसँगै हिँड़ेको त्यो नहरको कुरा नगर
भोला देवकोटा लुरे
कल्लेरी ८ छाँगेटार धादिङ
हाल काठमाडौँ