Tue. May 20th, 2025

रानीपोखरीका माछा टौदह लगिने

१७ वैशाख, काठमाडौँ-रानीपोखरीमा पुनःनिर्माणको काम सुरु भएकाले त्यहाँका माछा टौदह लगिने भएको छ । पोखरीका राजहाँस कहाँ लगेर व्यवस्थापन गर्ने भन्नेबारे अझै यकिन नभएको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार हाल पोखरीमा रहेको पानी निकाल्ने काम भइरहेको छ । पानी निकालेपछि पोखरीका सबै माछा टौदहमा लगेर व्यवस्थापन गर्ने योजना छ । “सफा नगरेको लामो समय भएकाले उक्त पोखरीमा कति हिलो रहेको र त्यसका लागि कति जनशक्तिको आवश्यक पर्ने भने यकिन भएको छैन”– उनले भने ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको समेत पूर्णरुपमा क्षति भएको थियो । सो मन्दिरको पनि पुनःनिर्माणको काम गरिनेछ । झन्डै ३५० वर्षपछि काठमाडाँै महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरी सुन्दर बनाउन लागेको हो ।

पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गरिसक्नुुभएको छ । रानीपोखरीको ६० रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ । रासस

About The Author

अन्य समाचारहरु: