Mon. May 12th, 2025

इडिभी २०१७ को नतिजा मंगलबार सार्वजनिक गरिने

flag-of-america
१९ बैशाख, धादिङ – अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ ।

इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको थियोे ।

मंगलबार इडिभीको नतिजा सार्वजनिक भइसकेपछि डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।

साथै इडिभी २०१६ का लागि २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म खोलिएको चिठ्ठा परेकाहरुले पनि आगामी सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नुपर्नेछ ।

इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।

About The Author

अन्य समाचारहरु: