Sat. May 24th, 2025

धादिङको कटुञ्जेबासीले नाग देवताको रुपमा मान्दै आएका सर्पहरु एकाएक मर्न थाले, अनिष्ट हुने चिन्ता

 nnn

अस्मिता खतिवडा /१९ बैशाख, धादिङ- धादिङको कटुञ्जे गाऊँ विकास समिती वडा नंबर ५ स्थित कटुञ्जेबजारबासीले पानी खाने धारामा नाग देवताको रुपमा मान्दै आएका सर्पहरु सबै भका भक मर्न थालेका छन् ।

काउलीवास धारा नजिकै एक सय भन्दा धेरै नाग देवताको रुपमा मान्दै आएका सर्पहरु मरेका छन् । रातो रंगको र पुच्छर बोधो भएका ति सर्पहरु कहिलेकाहि सो पानीको मुहान वरपर फोहोर हुदा निस्कने गरेको स्थानीयहरुले बताएका छन् तर अहिले एकै स्थानमा यतिका धेरै सर्पहरु मर्दा उनिहरु केही हुन पो लागेको हो की भन्दै चिन्तामा परेका छन् ।

snake 3

भुकम्प पछी एक्कासी मुल बढेको काउलिबासे धारामा विस्तारै पानी सुक्दै गएको र यही बैशाख १२ गते भने मुल नै ठप्प भई त्यहाँ भएको सर्पहरु मर्दै गएको स्थानीय पुजारी राम बहादुर बज्राचार्यले बताऊनुभयो ।

यसरी आफुहरुले नाग देबताका रुपमा पुज्दै आएका सर्पहरु एकाएक मर्न थालेपछि  फेरी के अनिश्ट हुने भो भन्दै गाँउलेहरु त्रसित बनेका हुन् । स्थानीय कटुञ्जेबासीले ति मरेका सबै सर्पहरु एकै ठाँउमा जम्मा गरी राखेका छन् ।

aaa

वाताबरणीय संन्तुलनका लागी अति आवाश्यक मानिने सर्प पानीको मुल सुकेका कारण पानी खान नपाएर मरेको हो या जंगलमा  सल्केको डडेलोका कारण जमिनमा तापक्रम अत्याधिक बडेकोले गर्मिले गर्दा ति सर्पहरु मरेको हो भन्ने चाही अनुसन्धानकै  विषय बनेको छ ।

About The Author

अन्य समाचारहरु: