Mon. May 12th, 2025

जनआन्दोेलनका घाईते लोकनाथ आचार्य क्यान्सरबाट थलिए, सहयोगको लागि आग्रह

acharya
१९ बैशाख, धादिङ  – धादिङ केवलपुर ८ आचार्यपोखरीका लोकनाथ आचार्य यतिखेर क्यान्सरका कारण थलिएका छन् ।

जनआन्दोलन २०६२/०६३ मा घाईते भएका उनी यस अघि पनि क्यान्सरबाट ग्रसित थिए । २०७१ मंसिर देखि classical hodgkins lymphoma नामक क्यान्सरका कारण पीडित बनेका आचार्य फेरी non hodgkins lymphoma क्यान्सरका कारण थलिएका हुन् ।

काठमाण्डौँको वीर अस्पताल सहित भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा करिब सात महिना उपचार गराएर सुरुको क्यान्सर निको भए पनि फेरी अर्को क्यान्सर देखिएको छोरा जनक आचार्यले बताए । सुरुको क्यान्सर classical hodgkins lymphoma निको हुन १२ लाख रुपैँया भन्दा बढि सकिएको छ ।

गत वर्षको माघ महिनादेखि एक्कासी ज्वरो आएपछि काठमाण्डौँको वीर अस्पतालमा भर्ना गरिएको र रोग प्रमाणको लागि नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराए पछि नयाँ क्यान्सर पत्ता लागेको हो । अबको क्यान्सर उपचारको लागि १५ देखि २० लाख रुपैँया लाग्ने राजिव गान्धी क्यान्सर अस्पतालका डाक्टर उल्लास वात्राले बताएका छन् ।

निम्नस्तरका आचार्य परिवारले भएको रकम र क्रण गरेर उपचार गर्दा गर्दै परिवार क्रणमा डुबेको र उपचारमा आर्र्थिक अभाव भएकाले सहयोगका लागि आग्रह गरेका छन् ।

सहयोगका लागि जनक आचार्यको नाममा प्रभु बैँकमा रहेको खाता नम्बर ०३७०१०००३३०९१३००००१ अथवा ईन्भेष्टमेन्ट बैँकमा रहेको खाता नम्बर ०१७०५०८००४५२०७ मा रकम जम्मा गर्न सकिने छ ।
विरामीको अवस्था र सहयोगका लागि ९८४१०३२५९९ वा ९८५१२२३४८१ मा सम्र्पक गर्न सकिने छ ।

जनआन्दोलन २०६२/०६३ मा घाँटी र हातमा चोट लागेर घाईते भएका ६० वर्षिय आचार्यको श्रीमती पदम कुमारी आचार्य पनि देब्रे हात सुकेर अपाङ्ग छिन् ।

About The Author

अन्य समाचारहरु: