Sat. May 24th, 2025

वैदेशिक रोजगारीबाट फर्केका रिटर्नीहरुको सञ्जालीकरण सम्मेलन सम्पन्न

board member
२२ बैशाख धादिङ – सुरक्षित आप्रवासन परियोजनाको कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी ) हरुको सञ्जालीकरण सम्मेलन सम्पन्न गरिएको छ ।

वैदेशिक रोजगारीका स्थानिय समस्या तथा सवालहरु पहिचान गरि त्यसको लागी चालिने आवश्यक सञ्जाल र पहलहरुको बारेमा छलफल गरि कार्य योजना तयार गर्न कार्यक्रम सञ्चालन गरिएको हो । मलेसिया लगायत खाँडी मुलुकमा जिल्लाबाट वैदेशिक रोजगारीमा गएर फकिएका रिटर्नीहरुको ५० जना समुहलाई भेला गरी कार्यक्रममा सञ्जाल के हो ? सञ्जाल निर्माण गर्न किन आवश्यक छ ?? भन्ने विषयमा जानकारी गराइएको थियो । त्यस्तै सञ्जाल गठन भइसकेपछि हुने फाइदा, यसले गर्ने काम र सञ्जालको नीति नियमको विषयमा पनि सहभागीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रमबाट सक्रिय रिटर्नीहरुको सञ्जाल आप्रवासी कामदार हकहित संरक्षण मञ्च २०७३, धादिङ गठन गरिएको छ । खेमनारायण श्रेष्ठको अध्यक्षतामा ९ जना जिल्ला तदर्थ कार्यसमिति रहने गरी आप्रवासी कामदार हकहित संरक्षण मञ्च २०७३, गठन गरिको हो । तदर्थ कार्यसमितिको उपाध्यक्षमा कमला कोइराला, सचिवमा धर्मराज थपलिया र कोषध्यक्षमा तारमान श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा बाबुराम स्यावा, सक्कली गोले, सिता बराल , सन्तोष जम्मरकटेल र आइतराम तामाङ छन् । सञ्जालले आगामी दिनमा वैदेशिक रोजगारीमा पहिचान गरेका विषय र कार्ययोजना सहित सम्बन्धित सरोकारवाला निकाय सँग सञ्जालको भेटघाट तथा रिटर्नीकै नेतृत्वमा आमसञ्चारको माध्यमबाट सार्वजनिक गर्ने र आप्रवासी कामदार हकहित संरक्षणको निम्ति लड्ने नवगठित अध्यक्ष श्रेष्ठले बताए ।

news 3

स्थानिय स्तरबाट वैदेशिक रोजगारलाई मर्यादित र लाभान्भित बनाउन , स्वदेशमै रोजगारीको लागी आवश्यक दवाव सिर्जना गर्न , समस्या र सवाललाई पििहचान गरी समाधानको आवश्यक पहल गर्न र वैदेशिक रोजगारीबाट फर्केर बसेका रिटर्नीहरुलाई एकत्रित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको आवाज अभियान नेपाल धादिङका अध्यक्ष केशव दुवाडी बताए । जिल्ला स्तरको सवाललाई राष्ट्रिय स्तरसम्म पु¥याउन , आप्रवासी कामदार तथा उनीहरुको परिवारको हकहित र अधिकारको निम्ती वकालत गर्ने काम सञ्जालले गर्ने जिल्ला कार्यक्रम संयोजक कमल बहादुर रोकायले बताए । त्यस्तै जिल्लामा सञ्जाल निर्माण गरेर या जन्माएर मात्र हुदैन यसलाई फलाउन फुलाउन र हकअधिकारको क्षेत्रमा लड्न सक्रियताका साथ भुमिका निर्वाह गर्नुहुन सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले नवगठित सदस्यहरुलाई शुभकामना सहित आग्रह गरे ।

कार्यक्रम स्वीस सरकारको साझेदारी तथा हेल्भेटास स्वीस इन्टरको अप्रेशन नेपालको सहयोगमा आवाज अभियान नेपाल धादिङ र सिड्स धादिङको सयुंक्त आयोजनामा भएको हो ।

About The Author

अन्य समाचारहरु: