Thu. Jun 13th, 2024

महोत्सवको ¥यालीमा देउवा सहभागी हुने

 

६ पुस, धादिङ – सोमबारदेखि धादिङबेसीमा सुरु हुने मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने भएको छ । उद्घाटन कार्यक्रममा पूर्व गृह मन्त्री बुद्धिमान तामाङ र पूर्ण बहादुर खड्काले पनि विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सव उद्घाटन अघि धादिङबेसीको विभिन्न स्थानहरुबाट विभिन्न भेषभुषा र संस्कृति झल्काउने झाँकी सहित शोभायात्रा हुने धादिङ उद्योग वाणिज्य संघका महासचिव बोदनाथ दुवाडीले बताउनुभयो ।

धादिङबेसीको सिरानबजार, चिल्ड्रेनपार्क चोक, पहरे चौतारा र पुछारबजारबाट निस्कने ¥याली एकै समयमा महोत्सव स्थल प्रवेश गराउने कार्यक्रम रहेको र पुछारबजारबाट हुने झाँकी सहितको ¥यालीमा प्रमुख अतिथि र विशेष अतिथिहरुको पनि सहभागीता रहने आयोजक समितिका संयोजक एवम् धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो । महोत्सव पुष १७ गतेसम्म चल्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: