Tue. Dec 3rd, 2024

धादिङका दुई वाणिज्य संघको कुरा मिल्यो माघ ५ भित्र सबैलाई सदस्यता

शंकर श्रेष्ठ
७ पुस, धादिङ-आगामी माघ ५ गतेभित्र धादिङ उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघका सबै सदस्यहरुलाई विधिवत रुपमा सदस्यता प्रदान गर्ने भएको छ ।

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ संगै धादिङका दुई उद्योग वाणिज्य संघ विधिवत रुपमा एउटै बन्ने निर्णय भएको छ । दुर्ई बर्र्ष देखि छुट्टाछुट्टै कार्यालयवाट गतिविधि संचालन गरिरहेका धादिङका दुई वटा उद्योग वाणिज्य संघबीच आइतबार भएको सर्वपक्षिय बैठक नै ऐतिहासिक बैठक बन्न पुगेको हो ।

गत मंसिर २२ गते प्रमुख जिल्ला अधिधकारीको रोहबरमा बसेको बैठकको निर्णयलाई आधार बनाउदै दुई संस्थालाई एउटै वनाउने बिषयमा निर्णय भएको धादिङ उद्योग वाणिज्य संघ प्रशासकिय अधिकृत रोहित भण्डारीले जानकारी दिनुभयो ।

दुई संघबीच २०७१ मंसिर २२ गते एउटै भएर अघि बढ्ने बिषयमा दुई संस्थाका नेतृत्वबीच लिखित सहमती भएको थियो । सहमतीपछि गठन भएको सदस्यता छानविन समितिले उद्योग वाणिज्य संघ धादिङबाट सदस्यता पाएका धादिङ क्षेत्र नम्बर १ का ६४ जना सदस्यहरुलाई धादिङ उद्योग वाणिज्य संघको सदस्यता प्रदान गरिरहेको श्रोतले बताएको छ ।

उद्योग वाणिज्य संघ धादिङमा भएका ११ सय ३५ जना सदस्यहरुलाई आगामी माघ ५ गते भित्रमा सदस्यता दिने बिषयमा निर्णय भएको उद्योग वाणिज्य संघ धादिङका कार्यकारी अधिकृत शालिकराम दुवाडीले बताउनुभयो । धादिङ जिल्लामा २०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघमा आवद्ध एक हजार भन्दा बढी व्यवसायीहरु संस्थाको अधिवेशनको बेला राजनीतिक भागबण्डा नमिलेपछि २०६९ मंसिर ३० गते उद्योग वाणिज्य संघ धादिङको गठन गरिएको थियो । समान उद्देश्य र कार्य क्षेत्र भएका दुईवटा संस्था जिल्लामा सक्रिय भएपछि जिल्लाका व्यवसायीहरु पनि विभाजित हुन पुगेका थिए ।

About The Author

अन्य समाचारहरु: