Sun. Jun 16th, 2024

वनभित्र महिलाको शव फेला

पुस ६, धादिङ-धादिङको वैरेनीमा एक महिलाको शव फेला परेको छ ।

बैरेनी गाँउ विकास समिति वडा नं ८ मा रहेको धुलावारी सामुदायिक वनभित्र शव फेला परेको छ ।

अन्दाजी ३० वर्षकी महिलाको शरिरका सवैभागहरु सडगलेको अवस्थामा शव फेला परेको हो । शव कसको हो भनेर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । हरियो रङगको कुर्ता लगाएको महिलाको कुहिएर अस्थिपञ्चर मात्र वाँकी रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय धादिङ प्रहरी प्रमुख प्रकाश मल्लले वताएका छन् ।
सामुदायिक वन भित्र वेवारिसे अवस्थामा महिलाको शव फेला परको जानकारी पाएपछि बैरेनी प्रहरी थौकीवाट गएको प्रहरी टोलीले शवको मुचुल्का गरि पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाण्डौ तफ पठाएको छ ।
शव फेला परेको स्थानमा अन्य सामानहरु केही पनि नभेटिएको र शवको प्रकृति हेर्दा करिव २ महिनाअघि नै महिलाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय धादिले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: