शिवनारायण गिरी / ९ जेठ, धादिङ – धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं २ खुवाँ गाँउमा आइतबार घाटु नाच देखाइएको छ ।
नेपाल दराई उत्थान समाज सल्यानटारले घाटु नाचको आयोजना गरेको हो । घाटु नाच हरेक वर्ष दराई, माझि तथा गुरुङ समुदायका मानिसहरुले आमा खुवाउने औशिदेखि पूर्णिमा सम्म मनाइने गर्दछ । नाटु नाचमा ३ जना कन्या केटी नचाइन्छ ।
यो नाच अलग अलग ठाँउमा अलग अलग तरिकाले मनाईने गर्दछ । चण्डि र देउरालीमा विधि पुर्वक बिसर्जन गरिने नेपाल दराई उत्थान समाज धादिङका अध्यक्ष रामकृण्ण दराईले जानकारी दिए । कार्यक्रममा धादिङ सहित चितवनका दराई जातिहरुको सहभागीता रहेको थियो ।