Mon. May 19th, 2025

महंगीविरुद्ध नेवि सङ्घको बालुवाटारमा प्रदर्शन

pradasan१० जेठ, काठमाडौँ –  सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरे ।

अर्को नेता लिलाबल्लभ दाहाल (काका)ले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताए । उनले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप लगाए ।

नेवि सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने बताए । रासस

About The Author

अन्य समाचारहरु: