अस्मिता खतिवडा/ १० जेठ धादिङ- बढ्दो आधुनिकता संगै सहरबजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि विजुली बत्ति नपुगेका गाउँबस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन ।
घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुने भन्दै समय लगाएरै भएपनि मकै, गहु, कोदो लगायतका अन्न घट्टमा पिस्ने गरेका छन् । दक्षिणी धादिङको महादेवस्थान गाविस वडा नम्बर ७ चिम्बाङका विर्खे चेपाङले वर्षौँदेखी वर्षौ देखि पानीघट्ट चलाएरै आफ्नो जिविका धानिरहेका छन् ।
घट्ट चलाउने व्यक्तीलाई घटेरो भन्ने गरिन्छ । अन्न पिसेबापत घटेरोहरुले त्यही अन्नबाट ज्याला निकालेर विहान बेलुकाको छाक टार्ने गर्दछन् । महादेवस्थान ७ चिम्बाङमा रहेको पानी घट्ट्मा कोदो, फापर, गहुँ, चामल, मकै लगायतका अन्न पिस्नको लागी न्याम्सीराङ, च्याम्सीराङ र खर्कदेखीका मानिसहरु आउने गरेका छन् ।
धादिङको दक्षिणी क्षेत्रमा करिब ३० ओटा भन्दा धेरै यस्ता पानी घट्टछन् । नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको पानी घट्ट चलाउन न विजुली चाहिन्छ न त खर्चिलो भयो भनेर डराउनु पर्छ । पानीको फोहोराबाट यसलाई चलाउन सकिन्छ ।