Sat. Jun 15th, 2024

माघ ८ भित्रै सहमतिको संविधान : देउवा

sher bdr deuba
७ पुस, धादिङ -नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमनत्री शेरबहादुर देउवाले माघ ८ गतेभित्र दलहरुबीच सहमतिको आधारमा संविधानको प्रारम्भीक मस्यौदा आउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन धादिङले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले विवादित विषयहरु खासै जटिल नभएकोले सहमति हुने दाबी गनृुभयो । अहिले समाधान गर्न नसक्ने खालका समस्या नदेखिएकाले एक महिना समयावधिमा सहमती खोज्न सकिने ठोकुवा गर्नुभयो ।
संविधान निर्माणमा गतिरोधका साथै विवाद बढिरहेको चर्चा चलिरहँदा नेता देउवाले सहमतीको बाधक कोही नभएको दावी गर्नुभयो । माघ ८ मै संविधान आउँछ त ? भनेर पत्रकारहरुले पटक पटक सोधेको प्रश्नमा नेता देउवाले माघ आठमा संविधानको खाका आउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

बाहिर संचारमाध्यमले चर्चा चलाएको भन्दै नेता देउवाले ठुलो विवाद नभएको जिकिर गर्नुभयो । सत्ता पक्षले बहुमतका आधारमा प्रकृयाबाटै भए पनि समयमै संविधान जारी बताइरहँदा देउवाले आफु सहमतीको पक्षमै रहेको बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: