११ जेठ, धादिङ – मोडल अर्चना पनेरु अभिनित फिल्म जिस्मको टिजर सार्वजनिक भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच रिलिज गरिएको हो । फिल्मलाई राजू गिरीले निर्देशन गरेका छन् ।फिल्ममा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, शुभेच्छा थापा लगायतको प्रमुख भुमिका रहेको छ ।
नायिकाका रुपमा देखिन लागेकी अर्चनाको यो फिल्म असार ३१ गते रिलिज हुँदैछ ।यो फिल्म शुटिङका बेला समेत विवादमा फसेको थियो । पोखरामा शुटिङका गर्दागदै अनुमति नलिएको भन्दै प्रहरीले अर्चना, निर्देशक गिरी र अर्चनाकी आमासहित फिल्म युनिटलाई नियन्त्रणमा लिएको थियो ।