१२ जेठ, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी – १ चालिसेमा बुधबार बिहान भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । भने १ जना घाईते भएका छन् ।
काठमाण्डौँ तर्फ जाँदै गरेको भारतिय नम्बरको एम एच सि के २११४ नम्बरको ट्रकले चितवनबाट काठमाण्डौँ जाँदै गरेको ना ९ प ५३३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार भरतपुर नगरपालीका – १० चितवनका ४५ वर्षीय कृष्ण भक्त पुडासैनीको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाईकलको पछाडी बसेकि मृत्तककी छोरी १९ वर्षीया मनु पुडासैनी घाईते भएकी छिन् । उनको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।