Sat. May 24th, 2025

सालकको खपटा र चितुवाको हड्डी सहित धादिङमा दुई जना पक्राउ

salak१२ जेठ, धादिङ – दुर्लभ बन्यजन्तु सालकको खपटा र चितुवाको हड्डी सहित धादिङमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट आएको टोलीले धादिङको निलकण्ठ नगरपालिका ८ ससाहाको देउरालीबाट बुधबार विहान ११ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको मैदी गाँउ विकास समिति ४ का मिन माया तामाङ्ग र ललितपुर उप–महानगरपालिका –८ का विजय महर्जन रहेका छन् ।

उनीहको साथबाट प्रहरीले १ किलो ६ सय ८० ग्राम सालकको खपटा र चितुवाको टाउको दुई ओटा र तिन किलो सय ग्राम हड्डी पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बन्य जन्तु ऐन अन्तरगत कानुनी कारवाही अघि बढाईने जिल्ला वन कार्यालय धादिङका अनुसन्धान अधिकारी सुर्य सिंह गुरुङले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: