१३ जेठ, धादिङ – नेपाल प्रेस युनियनको २५ औं स्थापना दिवस देशभरका शाखाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
नेपाल प्रेस युनियनको अभियान भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने नाराका साथ दिवसको अवसरमा प्रेस युनियन धादिङले धादिङबेसीमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले पत्रकारहरुको पेशागत हक हित र पत्रकारका आवाजहरुलाई बलियो बनाउन सहयोग पुगोस् भन्दै सहभागी सबैलाई शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, प्रेस युनियनका केन्दिय सदस्य मुरारी अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुरी, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ लगायतका विभिन्न संस्थाका प्रतिनिधिहरु तथा अन्य विभिन्न संचार मध्यममा आवद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
श्रमजिवी पत्रकारहरुको हक हित तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्न २०४८ साल जेठ १३ मा स्थापना भएको आज २५ औं बर्ष अर्थात रजत बर्षमा प्रवेश गरेको छ ।