Sat. May 24th, 2025

खटाइएको गाउँ गएनन् ४ सय २८ इन्जिनियर

re gau 2१४ जेठ, काठमाडौं – सहरी विकास मन्त्रालयले पुनर्निमार्णका लािग छनोटगरेका चार सय २८ जना इन्जिनियरले भूकम्पबाट क्षति प्रभावित १४ जिल्लाका पाँच सय ७५ गाविस र ४ २ नगरपालिकामा गएर काम गर्न अनिच्छा व्यक्त गरेका छन् ।

खटाइएको गाँउ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि सहरी विकास मन्त्रालयले वैकल्पिकमा पारेर छनोट हुन नसकेका चार सय २८ इन्जिनियरलाई पठाउने तयारी गरेको छ ।

एक हजार तीन सय ४६ पछि क्रमशः दुई हजार नौ सयको वैकल्पिक सूचीमा रहेका इन्जिनियरबाट आवेदन मागरेर मन्त्रालयले चार सय २८ जना इन्जिनियर छनोट गरी गाउँमा पठाउन लागेको हो ।

हालसम्म नौ सय १८ जना इन्जिनियर मात्र खटाइएका गाविस र नगरपालिकामा हाजिर भएका छन् । सहरी विकास मन्त्रालयले एक महिनाअघि एक हजार तीन सय ४६ जना इीनजनियर छनोट गरी नियुक्ति दिएर भूकम्पबाट प्रभावित १४ जिल्लामा खटाएको थियो । अन्नपूर्ण पोष्टबाट

About The Author

अन्य समाचारहरु: