Sat. May 18th, 2024

छुट्टाछुट्टै दुर्घटनामा १२ घाइते

८ पुष, धादिङ । सडकमा बिग्रिएर रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा ११ जना घाइते भएका छन् ।
मंगलबार विहान ३ बजेतिर भएको दुर्घटनामा परी बसमा सवार ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
बा ३ ख ५१०१ नम्बरको विग्रिएर रोकेको ट्रकलाई सिराहाबाट काठमाण्डौ आउँदै गरेको ना ४ ख १५०१ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नै पर्ने वेनिघाटमा ट्रकको ठक्करबाट एक बालिका घाइते हुनुभएको छ । माइक्रोबसबाट ओर्लिएर सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा काभ्रे घर भएका ५ वर्षिय प्रिन्स लामा घाइते हुनुभएको हो ।
दुवै दुर्घटनाका घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: