Mon. May 19th, 2025

बैंग्लोर सनराइजर्स हैदरावादसँग ८ रनले पराजित

Royal Challengers Bangalore captain and batsman Virat Kohli raises his bat after scoring 50 runs during the final Twenty20 cricket match of the 2016 Indian Premier League (IPL) between Royal Challengers Bangalore and Sunrisers Hyderabad at The M. Chinnaswamy Stadium in Bangalore on May 29, 2016. / GETTYOUT / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / AFP PHOTO / MANJUNATH KIRAN

१७ जेठ, धादिङ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्र्तगत आइतबार राति एम चिन्नास्वामी रंगशालामा भएको फाइनलमा बैंग्लोर सनराइजर्स हैदरावादसँग ८ रनले पराजित भयो । यो खेलमा विराटले ३५ बलमा ५४ रन बनाए ।

विराट आइपिएलको यो सिजनका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले यो आइपिएलमा १६ खेलका १६ पारीमा ८१ दशमलव ०८ को औषतमा ९ सय ७३ रन बनाए । उनी एक हजार रन बनाउनबाट मात्रै २७ रनले पछि परे ।

विराटले यस क्रममा चार शतक, ६ अर्ध शतक प्रहार गरेका छन् । उनले ८३ चौका र ३८ छक्का प्रहार गरे । उनले सर्वाधिक रन बनाउने खेलाडी पाउने ओरेन्ज क्याप पाएका छन् ।

About The Author

अन्य समाचारहरु: