Thu. Mar 28th, 2024

डिभिजन २ मा नेपालको पहिलो खेल युगान्डासँग

Nepali_Cricket_team

 

८ पुस, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ ।
नामिबियामा जनवरी १७ तारिखदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित ६ वटा मुलुक खेल्नेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको दोस्रो खेल जनवरी १८ तारिखमा नेदरल्याण्डसँग खेल्ने छ ।

यसैगरी जनवरी २० मा क्यानडासँग २१ मा आयोजक राष्ट्र नामिबियासँग भिड्नेछ । जनवरी २३ मा नेपाल र केन्यावीच खेल हुने छ ।

प्रतियोगिताका शीर्ष दुई टोलीले जनवरी २४ मा फाइनल खेल्नेछन् । सवैभन्दा पुछारमा रहने दुई टोली फेरि डिभिजन ३ मा घटुवा हुनेछन् भने तेस्रो र चौथो टीम डिभिजन २ मै रहनेछन् ।

फाइनलमा पुगेका दुई टीमले चार दिवसीय अन्तरमहादेशीय कप तथा ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियसिपमा खेल्न पाउनेछन् ।

प्रतियोगितामा प्रतिष्पर्धाका लागि कप्तान पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टोली नामिबिया जानेछ । त्यसअघि अभ्यास खेलका लागि नेपाली टीम दक्षिण अफ्रिका जाने कार्यक्रम छ ।
(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: