२० जेठ, काठमाडौं – प्रदूषित भएर मृतसरह भएको वागमतीमा हिउँदमा पनि पानी बगाएर सफा बनाउनका लागि पानी जमाउने दह ९ड्याम० निर्माण सुरु गरिएको छ ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वर्षाद्मा गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा पानी जम हिउँदमा वागमतीमा बगाएर सफा बनाउने कामको थालनी गरेको हो ।
समितिका अध्यक्ष किशोर शाक्यले यो दह निर्माणपछि हिउँदमा ४ सय लिटर प्रतिसेकेन्ड पानी वागमतीमा बगाउन सकिने बताए। प्रदूषित बन्दै गएको वागमतीलाई पानीको बहाव बढाएर सफा बनाउन लागिएको समितिको भनाइ छ ।
समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले २४ मिटर अग्लो ड्याम एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको बताए ।
ुबैंकको ५१ करोड रुपैयाँ अनुदान सहयोगमा ड्याम निर्माण सुरु भएको छु, उनले भने, विदेशी विशेषज्ञ परामर्शदाता रहेको ड्यामको ठेक्का गोन्जाओ लामा रमण निर्माण कम्पनीले पाएको छ।
वागमतीको सहायक नागमती नदीमा पनि ड्याम निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको समितिले जनाएको छ। वागमतीमा ठूलो ड्याम बनाउ अध्ययन थालिएको छ। रासस