२१ जेठ, धादिङ– आज जातिय विभेद तथा छुवाछुत उन्मुलन विरुद्धको राष्ट्रिय दिवस विभिनन कार्यक्रम गरि मनाइदैछ ।
जातिय छुवाछुत तथा भेदभाव मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा धादिङबेसी स्थित खुल्ला मञ्चमा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको छ ।
संयुक्त दलित संघर्ष समिति धादिङको आयोजनामा धादिङबेसीमा विशाल जनसभात तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको संयुक्त दलित संघर्ष समितिका प्रचार प्रसार संयोजक हरि विकले बताए । दिवसको अवसरमा धादिङबेसी पुछार बजारबाट ११ बजे ¥याली निकालीने आयोाजकले बताएको छ । पुछारबजारबाट सुरु हुने ¥याली ख्ुल्ला मञ्चमा पुगेर जनसभामा सहभागी हुने छ ।
कार्यक्रमलाई उद्घाटन गर्नको लागी नेपाल सरकारका प्रवक्ता एंवम सुचना तथा सन्चार मन्त्री शेरधन राई आउने कार्यक्रम रहेको छ । यसैगरी कार्यक्रममा राष्ट्रिय कलाकारहरु राघिका हमाल, राजु परियार, हिमाल घले र प्रेम परियार आउने कार्यक्रम रहेको छ । आज विप्लप माओवादीको बन्द रहेर पनि सहभागी चढेको गाडीलाई कुनै रोकतोक नहुने आयोजकले बताएको छ ।
व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ । जनआन्दोलनपछिको पुनस्र्थापित संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको थियो ।