Tue. May 20th, 2025

जातीय भेदभावलाई मुलुकबाट नै हटाउनुपर्छ : मन्त्री राई

sherdhan-rai
२१ जेठ,  धादिङ – माननिय सुचना तथा संचारमन्त्री शेरधन राईले समाजमा रहेका भेदभावलाई मुलुकबाट नै हटाउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

जातिय छुवाछुत तथा भेदभाव मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको वृहत आमसभामा बोल्दै नेता राईले ऐन कानुन तथा प्रतिबद्धतालाई कार्यन्वयन गर्दै हरेक जिल्लालाई छुवाछुत मुक्त जिल्ला बनाउनका लागि पहल गर्ने बताए ।

छुवाछुतका घटना कहि कतै भए कानुन बमोजिम कार्बाही गर्न प्रशासनलाई निर्देशन समेत दिएका छन् । संविधानमा दलितका अधिकारलाई मौलिक हकको रुपमा समेटेर आएको र त्यसलाई स्थापित गर्न दलित जातीहरु नै अग्रपंक्तिमा रहन नेता राईले आग्रह गरेका छन् ।

नेपालको संविधान आफैले लेखेर जारी गरी पहिलो पटक गणतन्त्रलाई संस्थागत गर्न सफल भएकोमा खुसी व्यक्त गरे । संविधानको प्रभावकारी कार्यन्वयन जनताका भावना अनुरुप जनताले चाहेकै अवस्थामा गर्न सरकार तल्लिन भएको बताए । संविधान जारी गरेर देशलाई नयाँ युगमा प्रवेश गराएको भन्दै उनले लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएका आन्दोलन मार्फत सबैको पहिचान, पहुँच र सहभागीतालाई सुनिश्चित गर्ने काम भएको दाबी गरे ।

सरकारले जेठ १५ गते ल्याएको बजेट माथि विश्लेषण गर्दै उनले बजेटले राष्ट्रव्यापी रुपमा तरङग पैदा गरेको बताए । बजेटले देशैभर आर्थिक समृद्धि र विकासे लहर सुरु भएको दाबी गरे । नेपाल सरकारले बालबालिकादेखि वृद्धवृद्धा सबैको भावनालाई समेटर शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायतका क्षेत्रमा बजेटलाई उच्च प्राथमिकताका साथमा राखेको बताए ।

About The Author

अन्य समाचारहरु: