२३ जेठ, धादिङ – भुकम्प प्रभावित वालवालिकाहरुलाई जिल्ला वालकल्याण समिति धादिङले नगद सहयोग गर्ने क्रम चलिरहेको छ । भुकम्प पछि पारिवारिक आपतकालिन सहयोग र आपतकालिक शैक्षिक सहयोग शिर्षकमा नगद वितरणको काम वितरण गरिएको हो ।
जिल्लाभर भुकम्पबाट अति प्रभावित वालवालिकाहरु २ हजार २ सय मध्ये १ हजार १ सय ५० जना वालवालिकाहरुलाई ५ हजार र ४ हजार सहयोग गरिसकेको जिल्ला वाल कल्याण समिति धादिङका सुचना व्यवस्थापन अधिकृत प्रदिप लोहनीले जानकारी दिए ।
भुकम्प पछि विभिन्न संघ संस्थाहरुले पढाईदिन्छु, पालन पोषण गरिदिन्छु भनेर लैजाने र कतिपय वालवालिकाहरु भारत लगायतका देशहरुमा वेचिन पुगेकाले आफ्नो घरको वच्चा आफ्नै अभिभावक सँग बस्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चीत गर्ने उद्देश्यले पनि नगद वितरण गरिएको वालकल्याण समिति धादिका अधिकृत हरि उप्रेतीले बताए ।