Sat. May 24th, 2025

विदेश गएका धादिङका २३ जना युवा कहाँ छन् ? बेपत्ता हुने क्रम बढ्दै

air२५ जेठ, धादिङबेशी– रोजगारीका लागि विभिन्न देशमा पुगेका धादिङका २३ जना युवाहरु बेपत्ता भएका छन् ।

सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन गरीरहेको चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ अन्तरगत सुचना तथा परामर्श केन्द्रमा तथ्याङक अनुसार २३ जना धादिङका युवाहरु बेपत्ता भएका हुन् । सबैभन्दा बढी मलेसीयामा बेपत्ता भएका छन् ।

१२ जना मलेसियामा, २ जना साउदीमा, १ जना जर्जीयामा, २ जना सिरियामा,२ जना जना र कतारमा १, कुवेतामा ३ जना तथा अन्य देश्हरुमा २ जना गरि २३ जना बेपत्ता भएका छन् । हराएको आफ्नो मानिस खोजिदीन आग्रह गर्दै धादिङबेसी स्थित सुचना तथा परामर्श केन्द्रमा निवेदन दिने क्रम बढीरहेको सामी कार्यक्रम संयोजक गँगा सुवेदीले बताईन् ।

धादिङको उत्तरी क्षेत्रका पाँच गाउँ विकास समितिबाट बेपत्ता हुने क्रम बढ्दै गईरहेको छ । झार्लाङबाट २ जना, तिप्लिङ गाविसबाट १ जना, सेर्तुङ गाविसबाट १ जना, रि बाट १ जना, नीलकण्ठ नगरपालीकाबाट ४ जना, कुम्पुरबाट १ जना, त्रिपुरेश्वर, जोगीमारा,थाक्रे,नलाङ,धुवाकोट, तसर्पु,सल्यानटार लगायतका गाउँ विकास समितिका रहेका छन् ।

बेपत्ता भएका मध्ये कागजपत्रको अभावको कारण थोरै मात्रमा मात्र उद्धार गर्न सकिएको कार्यक्रम संयोजक गँगा सुवेदीले बताईन् । हराएकाहरुको खबर विभिन्न सन्चार माध्यममा प्रकाशीत गरेपछि केहि सम्पर्कमा आउने गरेका छन् भने केहिकोे सहयोग रकम समेत जुट्ने गरेको छ । सम्बन्धीत देशको नेपाली राजदुतावासमा समाचार तथा फोटो पठाएर पनि उद्धार गर्ने गरिएको छ ।

कतिपय स्वईच्छाले सम्पर्क विहीन भएका छन, विदेशमा कम्पनीले सम्पर्क गर्न नदिने, जेल पर्दा, विवाह गरेर बस्ने, कमाई थोरै हुँदा र पारिवारिक तनावका कारण सम्पर्क विहीन हुने गरेका छन् । कमाउन गएका आफन्त उतै हराउँदा परिवारलाई मानसिक तथा सामाजिक तनाव थपिएको छ ।
विदेशमा हराएकाका आफन्तले चाँडो सम्पर्क गराई नेपाल फर्काइदिनको लागी सुचना तथा परामर्श केन्द्रमा सहयोग मागेका छन् । परिवारको सदस्य विदेशमा वेपत्ता हँुदा परिवारले बालबालिकाको शिक्षा तथा रोजगारीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

सन्चारमाध्यमको सहयोगमा केहि व्यक्ति पत्ता लागेपनि हराएका व्यक्तिका कागजात र सम्पर्क गर्ने कुनै माध्यम नहुँदा खोजिकार्य कठिन बनेको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए । अझै संघ–संस्था सम्म नआएका केशहरु कत्ति छन् कत्ति त्यसको कुनै लेखाजोखा छैन ।

About The Author

अन्य समाचारहरु: