Fri. Mar 29th, 2024

जाडो बढेसँगै मलेखुमा माछाको व्यापार बढ्यो

fish

सरिता श्रेष्ठ

९ पुस, धादिङ – जाडो बढेसँगै धादिङको मलेखु बजारमा माछाको व्यापार बढ्न थालेको छ । माछाका लागि प्रसिद्ध मानिएको मलेखु बजारमा माछाको व्यापार अरु बेला भन्दा जाडो लागेसँगै बढ्न थालेको हो ।

जाडोको मौसममा स्थानीय खोला तथा नदिका माछाहरु सहजै पाइने भएकोले भारतबाट आयात गरिएका माछा भन्दा स्थानीय माछाका विभिन्न परिकारहरु  खोज्नेहरु बढि आउने गरेको व्यापारीहरु बताउँछन् ।

जाडो मौसम सुरु भएसंगै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरु पनि माछा खानका लागि मलेखुमा रोकिने क्रम निकै बढेको छ । अरु समयमा दैनिक रुपमा छ÷सात सय किलो
माछा खपत हुने मलेखु क्षेत्रमा अहिले झण्डै तेह्र सय किलोसम्म माछा खपत हुने गरेको व्यापारीहरु बताउछन् ।

माछाका लागी प्रसिद्ध मानिएको मलेखु बजारमा विशेष गरी घुम्नका लागि हिँडेका मानिसहरु बढी मात्रामा आउने गरेका छन् । त्यस्तै माछा खानकै लागि पनि यहाँ आउने गरेको व्यापारी कमला श्रेष्ठले जानकारी दिनुभयो ।

जाडो मौसममा माछा खानु स्वास्थ्यको लागि पनि राम्रो मानिने र स्थानीय स्तरमा उत्पादन भएका माछा र त्रिशुली नदिमा जाल हानेर निकालिएको लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरुको चहल पहल बढेको हो ।

जाडो मौसम सुरु भएपछि सुकेका र नसुकाइएका सिल माछाको व्यापारको कारोबारमा बृद्धि भएको खुद्रा व्यापारीहरु बताउँछन् । तरकारीबाट भन्दा माछाबाट बढि फाइदा हुने भएपछि तरकारीको ठेलामा समेत माछा राखेर विक्रि गर्ने गरेका छन् । उनीहरुले हातमा बोकेका सुकेको एक सिल माछाको ३ सय र नसुकाइएका आलो माछाको ६ सय रुपैया सम्ममा यात्रुहरुलाई विक्रि गर्ने गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: