२६ जेठ, धादिङ – भूकम्पपछि भत्किएका विद्यालयमा निर्माण गरिएको विद्यालय सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ । रमाइलो विद्यालय अभियान अन्र्तगत कोरियाको ‘ग्योङगी दो स्टेट’ र सर्भिस फर पिस कोरियाको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिका ७ स्थित जलकन्या प्रावि र रक्तकालीका प्राविमा निर्मित दुई कोठे भवन बुधबार एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सर्भिस फर पिसका महासचिव सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर अर्याल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी , शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
भुकम्पले विद्यालय नै तहसनहस बनाएपछि त्यहाँ पढ्ने बालबालिकाहरुमा पनि मनोवैज्ञानिक असर परेकाले उनीहरुलाइ फेरी रमाइलो बाताबरणमै विद्यालयमा फर्कने ब्यवस्था मिलाउनको लागि विद्यालयको नयाँ भवन निर्माण संगै रमाइललो विद्यालय अभियान संचालन गरिएको सर्भिर फर पिस नेपालका कार्यक्रम संयोजक उपेश कुमार श्रेष्ठले बताए ।
विद्यालयको भवन बनाउन गत शैक्षिक सत्रदेखि नै सुरु गरिएको हो । अहिले ७ वटा विद्यालय निर्माण भइसकेको छ । नगरपालिका भित्रको सुन्दरादेवी प्रावि र रीजालथोक प्राविमा ४/४ कोठे भवन तथा रघु निमावि, चक्रदेवी प्रावि, नवलपुर प्रावि, जलकन्या प्रावि र रक्तकालीका प्राविमा २ /२ कोठे भवन निर्माण सम्पन्न भइसकेको भवन निर्माणका फिल्ड संयोजक अर्जुन कुमार श्रेष्ठले बताए ।