२७ जेठ, काठमाडौँ – ‘गाजलु’ फिल्मले उठाएको विषय र सामवेश गरिएको दृश्यांकन प्रति कुमारी घरको आपत्ति नाममा केहि हप्ता पहिले गसिप बन्यो । त्यो गसिप साम्य भयो, फिल्म टिमले स्पष्टिकरण पनि दियो । तर बुधबार भने यो कुरा पुर्णतः टुङ्गिएको छ ।
कुमारी घरका पदाधीकारीहरुले फिल्म हेरिसकेपछि ‘गाजलु’ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् । डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र फिल्म पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया दिए ।
कुमारी घरका पदाधिकारीहरुले दिएको प्रतिक्रियाले उत्साहित बनाएको छ, फिल्ममा विवादास्पद कुरा केहि छैन्, ‘गाजलु’ पुर्ण मनोरञ्जनको खुराक हो, निर्माता रोहित अधिकारीले प्रफुल्लित मुद्रामा भने ।
पुर्वकुमारीको जीवनकथालाई पर्दामा उतारिएको फिल्म कुमारीप्रथालाई जोडेर बाहिर हल्ला गरेअनुसारको पनि नभएको निर्माता अधिकारीको दाबी छ । हेमराज बिसी निर्देशित फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।
शुक्रबार अर्थात जेठ २८ बाट रिलिज हुने ुगाजलुुमा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायत अभिनयमा छन् । फिल्मको बिहिबार राजधानीमा भव्य रेड कार्पेट प्रिमियर हुँदैछ ।