२९ जेठ, खोटाङ-काट्नको लागी ल्याएको राँगालाई प्रहरीले खोटाङमा गोली हानेर मारेको छ । हटियामा काट्नका लागि ल्याइएको राँगोले मानिसलाई आक्रमण गर्न थालेपछि गोली हानेर मारिएको हो ।
हटिया लाग्ने दिक्तेलको हाटडाँडा पुर्याउन लाग्दा जथाभावी आक्रमण गर्न थालेको र नियन्त्रणमा लिन नसकिएपछि गोली हानिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शनिबार काट्नका लागि स्थानीय खड्गबहादुर राईले २८ हजारमा राँगो किनेर ल्याएका थिए ।