Sat. May 24th, 2025

इंग्ल्याण्ड र रुसबिचको खेलमा झडप, १३ जना घाइते, २ को अवस्था गम्भीर

३० जेठ, धादिङ – फ्रान्समा जारी युरो कप २०१६ अन्तर्गत शनिबार राति भएको इंग्ल्याण्ड र रुसबिचको खेलको क्रममा हिंसा भएको छ । मार्से शहरमा भएको खेलको क्रममा रंगशालामै इंग्ल्याण्ड र रुसका समर्थकबिच झडप भएको हो । झडपको क्रममा कम्तिमा १३ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन् । खेल १–१ को बराबरीमा सकिएपछि पनि दुवै देशका समर्थकबिच झडप भयो । रुसी समर्थकले इंग्ल्याण्डका समर्थकमाथि आक्रमण गरेपछि झडप सुरु भएको थियो । आआफ्नो देशको खेल हेर्नका लागि मार्सेमा झण्डै ९० हजार दर्शक जम्मा भएका थिए । झडपमा दुवै देशका समर्थकले एक अर्कामाथि कुर्सी तथा बोतलले प्रहार गरेका थिए । त्यसपछि दंगा नियन्त्रण प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा प्रहार गरेर झडप नियन्त्रणमा लिएको थियो । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले झडपको निन्दा गरेको छ ।

– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: