Sat. May 24th, 2025

राज्यलाई कर नतिरेको भन्दै ‘विप्लव’ पक्षधरद्वारा एनसेल टावरमा आगजनी

३० जेठ, गोरखा–एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेका छन् ।

नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर  टावरमा आगो लगाएका हुन् ।

नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिएका छज् । उनले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनकोे  भनाइ छ । राज्यलाई तत्कालै कर नतिरेमा जिल्लाको अन्य क्षेत्रमा रहेका टावरमा समेत आगजनी गर्ने नेकपा माओवादीले चेतावनी दिएको छ ।

तीन जनाको समूहले टावरमा लगाएको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएका हुन् । आगलागीबाट टावरमा के, कति क्षति पुगेको भन्नेबारे पूर्ण जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले टावरमा आगो लगाउने समूहको खोजी भइरहेको बताए  । रासस

About The Author

अन्य समाचारहरु: