Sun. Sep 8th, 2024

सहमतिका लागि सबैले हठ छोडौं : प्रधानमन्त्री कोइराला

sushil_koirala_573733970

काठमाडौं प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादित विषयमा सहमतिका लागि सबै पक्षले केही न केही कुरा छोड्नुपर्ने बताएका छन् ।

लोकतन्त्र र शान्तिका लागि पेसागत सञ्जाल (पापड) को प्रतिनिधिमण्डलसँग बिहीबार बिहान बालुवाटारमा भेटका क्रममा उनले सबै दलले आफ्ना हठ र अडान छोड्न सके सहमति हुन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री कोइरालाले अहिले मुलुकलाई आन्दोलन र द्वन्द्व नभई सहमति र अमनचयन आवश्यक भएकाले नयाँ संविधानमार्फत सबैका हक अधिकार सुनिश्चित गर्न आफूहरू प्रयासरत रहेको स्पष्ट गरे ।

उनले सहमतिबाटै संविधान ल्याउने प्रयास असफल भएमा प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने बताउँदै नेताहरूसँग अलगअलग र सामूहिक भेटवार्ता जारी रहेकाले सहमतिका लागि पुनः विश्वासको वातावरण बन्दै गएको बताए ।

प्रधानमन्त्रीलाई (पापड) का तर्फबाट नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अन्जनीकुमार झाले निर्धारित समयमा संविधान जारी गरी लोकतान्त्रिक परिवर्तनको उपलब्धिलाई संस्थागत गर्न माग गरे ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: