३२ जेठ, धादिङ – गोरखाको आरुघाट बजारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्ने खसेर मंगलबार एक जना प्राविधिक कामदारको मृत्यु भएको छ ।
हुवावे कम्पनीबाट बिग्रेको मोवाइल टावरका उपकरणसहित मर्मतका लागि आएका थानकोट निवासी २४ वर्षका अनिल ताम्राकारको मृत्यु भएको हो ।
गोरखाको आरुचनौटे–१ को आरुघाट बजारमा रहेको टावरमा खराबी आएपछि राजधानीदेखि मर्मतका लागि आएका ताम्राकार टावरबाट खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि लगिदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।