Sat. May 24th, 2025

एनसेल क्षति प्रकरणमा चार पक्राउ

Tower-ncell-650x366-1१ असार, बनेपा –  काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पुयाएको जनाई प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेकपा माओवादीका जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पुयाएको आरोप लगाइएको छ । रासस

About The Author

अन्य समाचारहरु: