Wed. Jul 24th, 2024

‘आग्रहसहित बस्ने बैठकले निकास दिन्‍न’

kp sharma oli

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले आआफ्ना आग्रह बोकेर बस्ने प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले तत्काल केही पनि निकास निकाल्न नसक्ने बताएका छन्। उनका अनुसार संविधानका विवादित विषयमा सहमति जुटाउन आग्रह त्यागेर वार्तामा बस्नुपर्छ।

मनमस्तिष्कमा एअर टाइट छ त्यहाँ। आफ्ना प्रिअकुपाइड मनस्थितिका साथ त्यहाँ (बैठकमा) बसेपछि तत्काल समाधान निस्कँदैनु, ओलीले भने, आग्रहमा मात्र चल्छु भन्ने संकल्प बोकेर जाने कुराले सहमति बन्दैन। त्यसकारण हामी त्यस स्थितिमा परिवर्तन ल्याउँछौं र सहमति बनाउनुपर्छ।

ओलीले संघीयताबारे सात प्रदेशभन्दा अगाडि बढ्न नसक्ने पनि बताए। ुकसैले एमाले-कांग्रेसले भनेको सात प्रदेश हुँदैन, चारमात्र मान्छौं भन्यो भने सम्झौता गर्न सकिएलाु, ओलीले भने, तर कसैले १० प्रदेश भन्यो भने नेपाल र प्रादेशिक सरकार भन्ने के हो र कसरी चल्छ भन्ने थाहा नपाएको मुख्यमन्त्रीको सपनामात्र झलझली देख्ने गरेकाले मात्र त्यस्तो कुरा गर्छ। त्यसमा सहमति गर्न सकिँदैन।

समयमै संविधान बनाउनुपर्ने ज्ञापनपत्र बुझाउन ओली निवास बालकोट पुगेको पापडको टोलीलाई सम्बोधन गर्दै उनले सबै पक्ष लाग्ने हो भने माघ ८ भित्रै संविधान बन्न सक्नेु दाबी पनि गरे। उनले भने, जनताले खोजेको कार्यतालिका हैन, संविधान हो।

जनताका हकअधिकार सुनिश्चित गर्ने, राष्ट्रिय एकता जोगाउने, असमानता हटाउने, जनतालाई अधिकार सम्पन्न बनाउने र समृद्धितर्फको जुन चाहनालाई साकार पार्ने बाटोमा उन्मुख संविधान चाहिएको छ। संविधान निर्माणका लागि चार वर्षको समय भए पनि नेताहरूले नै चार वर्ष नलगाई एक वर्षभित्र दिन्छौं भनेकाले छिटो बनाउनुपर्ने उनले बताए।

उनले आफूले गत वर्ष संसद्मा बोल्दा सबैले आलोचना गरेको स्मरण गरे। ुमाघ ८ भित्र भएन भने ९र१० गतेतिर वा १५ गते भयो भने पनि सकेसम्म छिटो गर्छौं भन्ने शब्दावली प्रयोग गरेको थिएँ। कथंकदाचित माघ ८ गते फुत्किहाल्यो भने संविधानै जारी नगर्ने त कुरा भएन।

फेरि पनि हामी निकट भविष्यमा गर्छौं भनेको थिएँ, ओलीले भने, त्यसबेला जो संविधानै बनाउन चाहँदैनथे, तिनले मौका पाएपछि हाउभाउसाथ आलोचना गरे। संविधान यो माघ ८ भित्रमात्र हैन, अर्को माघ ८, त्योभन्दा पनि पछिको माघ ८ भित्र पनि ल्याउन नचाहने तत्त्वहरू छन् नेपालमा।

उनीहरूले हाउभाउ गर्छन्। आफू संविधान ल्याउनका लागि हुरुक्कै भएजस्तो र अरूले ल्याउन नखोजेजस्तो। त्यस्तो कुरा हैन। हामी संक्रमणकाल अनुचित ढंगले लम्ब्याउने पक्षमा छैनौं।

ओलीले संक्रमणकाल लम्बियो भने आन्तरिक लगानीका उद्योगव्यवसाय पनि राम्ररी अघि नबढ्ने र बाह्य लगानी पनि नभित्रिने बताउँदै भने, संविधानको घोषणा स्थिरता र स्थायित्वतिरको यात्राको पहिलो पाइला हो। त्यो नगरी हामी अगाडि जान सक्दैनौं। त्यसो भएर संक्रमणकाल लम्ब्याउन सक्दैनौं।

सहमतिका सन्दर्भमा ओलीले पाँचवटा विषयमा ध्यान दिनुपर्ने बताए। ुसहमतिका नाममा कसैले दूरगामी रूपमा देशलाई गम्भीर अनिष्ट गर्न खोजेको छ र नोक्सान पार्न खोजेको छ भने त्यसमा सहमति हुन सक्दैन।

कसैले नेपाली जनताका बीचमा अनेकताको बीजरोपण गर्न खोजेको छ र साम्प्रदायिक विद्वेष भड्काउन खोजेको छ भने त्यो पनि हुँदैनु, उनले भने, ुहामी नेपाललाई रुवान्डा वा क्रिमिया हुन पनि दिँदैनौं। हिंसातिर देशलाई धकेल्ने कुरामा सहमति हुन सक्दैन।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: