Mon. May 19th, 2025

बलियो घर बनाउन विज्ञहरुको सुझाव

download (2)

५ असार, धादिङ  – अब बन्ने घर भूकम्प प्रतिरोधी बलियो घर बने भूकम्पकै कारण धेरै नेपालीले ज्यान गुमाउनु नपर्ने विज्ञहरुले बताएका छन् । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको स्थापना दिवसको अवसरमा शनिबार धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित कार्यक्रममा सहभागि विज्ञहरुले बलियो घरबनाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डाक्टर धु्रवचन्द्र गौतमले मानिसले बनाएको घर बलियो नभएकै कारण गत वर्षको वैशाख १२ गतेको भूकम्पमा धेरै नेपालीको ज्यान गएको बताउनुभयो । भूकम्प प्रभावित जिल्लामा मात्र नभएर नेपालधरीनै बलियोघरको पुनर्निर्माण गर्न डाक्टर गौतमले सुझाव पनि दिए । त्यसैगरी कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका कार्यकारी निर्देशक इञ्जिनीयर डाक्टर आमोदमणी दिक्षितले गत वर्षको भूकम्पमा घर भत्एिकैकारण ९८ प्रतिशतको ज्यान गएको तथ्यांक प्रस्तुत गरे ।

हामीले निर्माण गर्ने संरचना बलियो र भूकम्प प्रतिरोधी बनाए मात्रै पनि यतिका नेपालीको ज्यान बचाउन सकिने उनको दावी थियो । भूकम्प प्रभावित जिल्लामा अब हुने पुनर्निर्माणमा बलियो घर र बलियो विद्यालय बनाउने अवसरपनि गत वर्षको भूकम्पले दिएको डाक्टर दिक्षितको भनाई छ । बलियो घर बनाउनकै लागि एनसेटले धादिङ जिल्लामा कार्यक्रम शुरु गरेको पनि उनले बताए ।

एनसेट दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठ र रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले बलियो घर कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद द्रिदै दिवससफलताको शुभकामना दिए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटले धादिङ सहित नुवाकोट र दोलखामा बलियोघर कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

बलियो घर कार्यक्रम अन्तरगत एनसेटले धादिङ जिल्लामा तिप्लिङ, सेर्तुङ, दार्खा, सत्यदेवी, मार्पाक, सेमजोङ, कटुञ्जे, खाल्टे, कल्लेरी र नलाङ गरी १० ओटा गाउँ विकास समिति रनीलकण्ठ नगरपालिकामा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सञ्चालनका क्रममा एनसेटले बलियो घर बनाउन प्राविधिक तालिम र सामाजिक परिचालनको कार्यक्रम सञ्चालन गर्ने संस्थाका जिल्ला संयोजक प्रमोद खतिवडाले बताए ।

About The Author

अन्य समाचारहरु: