Thu. Mar 20th, 2025

कृषिको ३ करोड अनुदान कृषकलाई

IMG_0003

११ पुस, धादिङ – जिल्ला कृषि विकास कार्यलय धादिङले कृषकहरुको मागलाई मध्यनजर गर्दै यस आर्थिक वर्षमा ३ करोडको अनुदान छुट्टाएको छ ।
यस वर्ष युवा लक्षित कार्यक्रमलाई जोड दिदै मौरी पालन, च्याउ खेती, तरकारी खेतीमा बढी जोड दिइएको छ ।  कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास कार्यक्रम, व्यवसायिक किट विकास कार्यक्रम, आलु तरकारी विकास कार्यक्रम, पोष्ट हार्भेट व्यवस्थापन कार्यक्रम, सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम, मत्स्य विकास कार्यक्रम, कृषि सुचना तथा संचार कार्यक्रम रहेको छ ।
त्यस्तै  मध्य पहाडी कृहत्तर कमै उत्पादन कार्यक्रम, विशेष कृषि उत्पादन कार्यक्रम, सामुदायिक बीउ बैँक संचालन कार्यक्रम, अभियानमुखि कोदो उत्पादन कार्यक्रम, सहकारी खेती, साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रम, कृषि प्रचार र समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र गरी १४ वटा कार्यक्रमहरु अघि सारेका छन् ।
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा थप ६ वटा शिर्षकमा अनुदान थप गरिएको छ । युवा लक्षित मौरी पालन र च्याउ खेती, तरकारी खेती, पोष्ट हार्भेष्ट क्षति न्यूनिकरणका लागि औजार उपकरणमा अनुदान, मत्स्य पालन अनुदान प्रवाह, मिनी टिलर ढुवानी र समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र थप गरिएको हो ।
कृषिलाई  व्यावसायिकीकरण र आधुनीकिरण गर्न आगामी दिनहरुमा थप रणनितीहरु बनाएर काम गर्ने जिल्ला कृषि विकास कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: