८ असार, धादिङ – नेपाली गजलको स्तरोन्नतिको लागि स्थापित ‘बहर-बहार’ समूहले स्थापनाको प्रथम बार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागेको खुल्ला नेपाली गजल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतियोगीताका लागि गत आईतबार सम्मका लागि गजल पठाउने समयावधि तोकिएको थियो । देश विदेशबाट २ सय १२ प्रतियोगी सहभागी हुँदै छन् । गजल साधनाको व्यवस्थित कार्यशालाको रूपमा स्थापित भइरहेका बहर(बहार समूह तथा अभ्यास श्रृंखलाको संग्रह ‘बहर बाटिका’ले आगामी असार ३० गते सो प्रतियोगीताको आयोजना गर्ने भएको हो । प्रतियोगीहरूको उत्साहजनक सहभागीता सँगै मंगलबारबाटै पहिलो चरणको छनौट कार्य थालिएको छ ।
प्रतियोगिताका नियमहरूमा आधारित रही आउँदो शुक्रबार सम्ममा कूल २ सय १२ गजलबाट उत्कृष्ट २५ गजलहरू छानिनेछन् । त्यसैगरी १५ गतेसम्ममा उत्कृष्ट १० गजलहरू छनौट गरी सार्वजनिक गरिनेछ । २५ गते विभिन्न स्तर सहित उत्कृष्ट ५ गजलहरू छनौट गर्ने र अन्तिम दिन अर्थात असार ३० गते पुरस्कृत गरिने भएको छ । मूल्यांकन पारदर्शी बनाउन सबै गजलहरूमा ‘कोडिङ्’ गर्दै प्रतियोगीहरूको परिचय हटाएर मूल्यांकन प्रक्रिया थालिएको हो ।
समूहले गजलमा खोज अनुसन्धान गरिरहेको गजलकारहरू तथा छन्दकवि सम्मिलित एक मूल्यांकन समिति यस अघि नै गठन गरेको थियो । प्रतियोगीतामा प्रथम,द्वितीय र तृतिय स्थान हाँसिल गर्ने स्रस्टालाई नगद रू। १५ हजार,८ हजार र ५ हजार र सम्मानपत्रले सम्मान गरिनेछ भने सान्तवना स्थान प्राप्त गर्ने २ जनालाई जनही रू ३र३ हजार र सम्मानपत्रले सम्मान गरिनेछ ।