Thu. Mar 20th, 2025

दुधको मूल्य फेरी बढ्यो

१६ पुस,काठमाडौँ  – दूधको मूल्यमा ८ देखि १० रुपैयाँले बृद्धि गरेको छ । दुग्ध विकास संस्थानको कार्यसमितिको बैठकले किसानहरुको मागलाई मध्यनजर गर्दै दुधको मूल्य बढाएको हो ।
संस्थानका अनुसार बुधबारदेखि लागू हुने गरी हरियो प्याकेटको फ्याटयुक्त दूधमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो । यसअघि ७० रुपैयाँ रहेको उक्त दूधका लागि अब उपभोक्ताले ८० रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै नीलो प्याकेट र पहेलो प्याकेटको गाई दूधमा प्रतिलिटर ८ रुपैयाँ बृद्धि गरेको छ ।
यसअघि ५६ रुपैयाँ रहेको नीलो प्याकेटको दूधका लागि अब उपभोक्ताले ६४ रुपैया तिर्नुपर्ने छ । त्यस्तै ६४ रुपैयाँ प्रतिलिटर रहेको पहिलेको प्याकेटको दूधको मुल्य ७२ रुपैयाँ बनाएको छ । संस्थानले यही अनुपातमा किसानको पनि दूधको भाउ बढाइदिने जनाएको छ ।

About The Author

अन्य समाचारहरु: