बद्रीप्रसाद दाहाल –
सत्तामा पगरी गुतेर जसले , रित्याउथे कोश नै ।
अग्ला बिल्डिङमा सुतेर जसले , सिध्याउथे कोश नै ।।
जसको देश- विदेश बैक घरमा , टन्नै छ पैसा धन ।
त्यै बन्दैछ विशिष्ट -शिष्ट अहिले , सर्कारका सज्जन ।। १।।
हाम्रा पूर्व विशिष्ट के गरिप छन् ? वा त्याग अग्लो छ ता ।
तिन्का के ईतिहास छन् मुलुकमा , वा सिर्जना – सभ्यता ।।
निस्वार्थी कि त त्याग -मूर्ति उपमा , छन् यी पुराना – गण ?
उन्लाई सुबिधा दिएर कहिल्यै , बन्दैन क्वै सज्जन ।।
भ्रष्टाचार अपार भो विगतमा , यै शिष्टका कालमा ।
उन्लाई सुबिधा दिने किन भन्यौ रु दुर्भिक्ष यो कालमा ।।
जाच्द्यौ पूर्व विशिष्टका धन बरू , भूकम्प पीडा बुझी ।
धेरै सम्पति जफ्त गर्न कसिए , सत्न्याय हुन्थ्यो खुशी ।।
भो भो पूर्व विशिष्ट शिष्ट बनिद्यौ , रालै नकाट्द्यौ अब ।
तिम्रा देन अपूर्ब त्याग बबुरो ! देखाउने के छ र रु
धेरै चुस्न हुँदैन है मुलुकको , रित्तीसक्यो कोश नै ।
गीता पढ्न छुट्यो कि पूर्व रथि हो ! सत्सङ्ग खोजून् सबै ।।