Sat. May 24th, 2025

धादिङमा कुन गाविसमा कुन बैक मार्फत नीजि आवास निर्माणका लागि अनुदान रकम वितरण हुँदैछ ? ( नामावली सहित )

dhdiang earthequal jhokim basti 1१८ असार,  धादिङ – राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पपछि निजि आवास निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीहरुको नामावली संकलन कार्य गरिरहेको छ ।

अहिले लाभग्राहीसंग अनुदान सम्झौता गर्ने कार्य भईरहेको छ । त्यस्तै आफ्नो नाम लाभग्राहीको सूचीमा समावेस नभएको, विभिन्न विवरणहरु नमिलेको वा आवश्यक कागजात पुरा गर्न कठिनाई भएका व्यक्तिहरुले गुनासो दर्ता गर्ने कार्य समेत भइरहेको जानकारी गराइएको छ । जिल्ला दैविक प्रकोप उद्दार समिति मार्फत प्राप्त तथ्याङक अनुसार हालसम्म १७ सहार १ सय ४० लाभग्राहीको सम्झौता भएको छ भने ४ हजार ६ सय ५२ जनाले गुनासो दर्ता गरेका छन् ।

नेपाल पुनर्निमाण प्राधिकरणले तोकेका १० गाविस बाहेकका गाविसको लागि बैकहरुको क्लष्टरिङ जिल्ला समन्वय उपसमितिले जिल्लामा शाखा रहेका बैकका प्रतिनिधिहरु समेतको सहभागितामा बैठक गरी पुनर्निर्माण प्राधिकरणमा पठाईसकिएको छ ।

धादिङ जिल्लामा प्रभु बैक, एभरेष्ट बैक, सानिमा बैक, सिभिल बैक, मुक्तिनाथ बैक हिमालय बैक, मेघा बैक, कृषि विकास बैक, राष्ट्रिय वाणिज्य बैक, ग्लोबल आई.एम.ई.बैक, सेन्चुरी बैक, माछापुछ्रे बैक, टुरिजम बैक, देव विकास बैक, यति बैक, कास्की फाईनास, महालक्ष्मी फाईनान्स मार्फत रकम वितरण गर्ने जिल्ला दैविक प्रकोप उद्दार समिति धादिङले जनाएको छ ।

कटुञ्जे गाविसका बैक खाता खोलिएका र विवरण मिलान भएका १ हजार ९७ जना लाभग्राहीको खातामा रकम जम्मा गर्ने गरी रु ५ करोड ४८ लाख ५० हजार रकम बैकहरुलाई रकम प्रदान गरी सकिएको छ ।

कुन गाविसमा कुन बैक मार्फत रकम वितरण हुदैछ ?
१. प्रभु बैक – बसेरी, बेनिघाट, तिप्लिङ र थाक्रे
२. एभरेष्ट बैक – मार्पाक, बुढाथुम
३. सानिमा बैक – सेर्तुङ, फुलखर्क, नौविसे, कुम्पुर, जीवनपुर
४. सिभिल बैक – झार्लाङ र खाल्टे
५. मुक्तिनाथ बैक – री, सल्यानटार, मुलपानी, किरान्चोक, कल्लेरी
६. हिमालय बैक – लापा, नलाङ
७. मेघा बैक – दार्खा, मैदी, सुनौलाबजार (नि.न.पा.)
८. कृषि विकास बैक – धुवाकोट
९. रा.बा.बैक – निलकण्ठ (नि.न.पा.)
१०. ग्लोबल आई.एम.ई. –  बैरेनी
११. सेन्चुरी – गोगनपानी, केवलपुर
१२. माछापुछ्रे –  पिडा, गजुरी
१३. टुरिजम – महादेवस्थान र सलाङ
१४. देव विकास बैक – धुषा, जोगिमारा
१५. यति – गुम्दी, सत्यदेवी
१६.कास्की फाईनान्स – चैनपुर, मुरलीभन्ज्याङ (नि.न.पा.)
१७. महालक्ष्मी फाईनान्स – साङकोष (नि.न.पा.), ढोला

About The Author

अन्य समाचारहरु: