Sat. May 24th, 2025

अपडेट : चेप्राङको पहिरोमा थुनिएका सबैको उद्दार

chepprang gaau pahiro 2
१९ असार,  धादिङ  – उत्तरी धादिङको विकट री गाउँ विकास समिति को वडा नं ९ चेप्राङमा चारैतिर पहिरो गएर गाउँमै थुनिएका सबै २१ जना कै उद्दार गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण पहिरो गई गाँउ नै विस्थापित भएको थियो ।

१४ जनालाई छिमेकी गाँउका स्थानीय र प्रहरीको सहायतामा शनिबार जोखिमयुक्त ठाउँबाट उद्धार गरिएको थियो भने वृद्ध, बिरामी र अशक्तको उद्दारमा कठिनाई भएको थियो । उनीहरुलाई जिल्ला दैवि प्रकोप उद्धार समितिले हेलिकप्टेर प्रयोग गरी उद्धार गर्ने प्रयास गरेपनि मौषम खराबीका कारण उद्धार गर्न सकेको थिएन । आइतबार पैदल मार्गबाट नै उनीहरुको उद्दार गरिएको हो ।

उद्धार गरिएका १४ जनालाई रि गाविसको मेले डाँडामा निर्माणाधिन सामुहिक आवासमा राखिएको छ । त्यस्तै आइतबार उद्दार गरिएका ४ जना बिरामीलाई धादिङबेसीमा ल्याइदै छ भने अन्यलाई री को ताबलमा राखिने प्रहरी उपरीक्षक शरदकुमार खत्रीले जानकारी दिए ।

चेप्राङ गाउँ जाने लापा गाविसको पंगलीखोला, पूर्व तर्फ रहेको चेप्राङ खोला र गाउँको तलमाथि नै पहिरो आएको छ । लगातार झरिरहेको पहिरोका कारण ८ घर परिवारका २१ जना गाउँमा नै थुनिएका थिए ।

About The Author

अन्य समाचारहरु: