२३ असार, धादिङ– समाचार संकलनका क्रममा पत्रकारहरुले समाचार संगै मानवियताको कुरालाई पनि विशेष ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव ध्रुव लंसालले बताए । विपद्को अवश्थामा पत्रकारीता गर्दा झन् मानवियताको कुरा अत्यावश्यक रहेको लंसालको भनाई छ ।
धादिङबेशीमा आज सम्पन्न अभिमुखिकरण कार्यक्रममा आघात तथा ट्रमा पत्रकारीताका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनले विपद् तथा हिंसाको रिपोर्टिङ गर्दा सधैं सतर्क रहनुपर्ने बताएका हुन् ।
अन्य जिल्लाको तुलनामा भौगोलिक हिसाबले धादिङ जोखिमपुर्ण रहेको भन्दै आवश्यक सामाग्री, रिपोर्टिङ गर्न जाने स्थानको बारेमा संभावित अध्ययन, स्थानिय संगै सरोकारवालाहरु संगको समन्वयमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा लंसालले जोड दिए ।