Mon. May 19th, 2025

युएईमा ज्यान गुमाएका धादिङ ज्यामरुङका थानबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग

help२५ असार, धादिङ – युएईमा ज्यान गुमाएका धादिङ ज्यामरुङ गाविस वडा नं ९ गैरेका थानबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

धादिङ समाज युएईले शनिबार एक कार्यक्रमको आयोजना गरी १२ लाख ६३ हजार रुपैयाँ सहयोग गरेको हो । ३७ बर्षिय गुरुङको जेठको पहिलो साता उच्च रक्तचापका कारण ज्यान गएको थियो । उनी धादिङ सेवा समाज युएईको अजमान क्षेत्रिय समितिको अध्यक्ष समेत थिए ।

समाजले आबुधाबी, अजमान तथा दुबई क्षेत्रिय समितिको सहयोगमा रकम संकलन गरेको हो । गुरुङको परिवारमा आमा, श्रीमती, एक छोरा, एक छोरी र दुईजना भाई छन् । एक जना भाई युएईमै कार्यरत छन् ।

समाजले युएईमा ज्यान गुमाउने तथा दुर्घटना वा बिरामी परेका आफ्ना सदस्यलाई आर्थिक सहयोग गर्दै आएको समाजका अध्यक्ष भीम अधिकारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: