Mon. May 12th, 2025

ब्लड क्यान्सर पीडित विष्णु जिसीको उपचारका लागि आर्थिक सहयोग

help-blood
२७ असार, चितवन – चितवनको भरतपुरस्थित वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहेका एक युवालाई बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा रहेका नेपालीहरुले आर्र्थिक सहयोग गरेका छन् ।

गुल्मी जिल्लाको ईस्मारजस्थल घर भएका १९ वर्षीय विष्णु जिसीको स्वास्थ्य उपचारका लागि उनीहरुले एकलाख ४२ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् । नवलपरासी गैडाकोटका गंगा जिसीको नेतृत्वमा अलमराई कम्पनीमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

भरतपुरमा सोमबार आयोजित एक कार्यक्रममा प्रेस चौतारी नेपाल चितवनका सचिव गोविन्द घिमिरेले सो रकम हस्तान्तरण गरे । विगत ३ महिनादेखि ब्लड क्यान्सरको उपचार गराईरहेका जिसी ६ महिनासम्म अस्पतालमै बसेर उपचार गर्नुपर्ने उनकी आमा विष्णु घर्तीले बताईन ।

रोजगारीको क्रममा कतार पुगेका १९ वर्षीय जिसी क्यान्सरको लक्षण देखिएपछि गत चैतमा स्वदेश फर्केको आमा घर्तीले बताईन् । ब्लडक्यान्सर पिडित जिसीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले स्वास्थ्य उपचारको लागि समस्या परेको छ । जिसीका श्रीमती र एकछोरी छन् ।

About The Author

अन्य समाचारहरु: