Mon. May 19th, 2025

गजल प्रतियोगीतामा गुल्मीका कृष्णप्रसाद अर्याल प्रथम

krishna
१ साउन,  धादिङ – बहर बहार परिवारको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको गजल प्रतियोगीतामा गुल्मीका कृष्णप्रसाद अर्याल प्रथम भएका छन् ।

त्यस्तै  दोलखाका नारायणप्रसाद घिमिरे अहम् स्रष्टा द्धितीय, चितवनका मनोज भण्डारी तृतीय, चितवनका अखिल अनुराग र धनकुटाका अनन्त अनुराग सान्त्वना भएका छन् ।

बिजेताहरुलाई एक कार्यक्रमको आयोजना गरी श्री हरिहर आश्रम देवघाट तनहुँमा शुक्रबार बेलुकी पुरस्कार वितरण गरिएको छ ।

प्रथम द्धितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीतारुरुलाई क्रमश १५ हजार, ८ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफी र मेडलर प्रमाणपत्र प्रदान गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: