२ साउन, धादिङ – समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन सम्बन्धी जनचेतनामुलक सडक नाटक धादिङको महादेवस्थानको ताल्तीमा प्रर्दशन गरिएको छ ।
वन हार्ट वल्र्ड वाईड नेपालको आयोजनामा नाटक प्रर्दशन गरिएको हो । धादिङ नाट्य समाजका कलाकारहरुले प्रस्तुत गरिएको नाटकमा गर्भाअवस्थामा ध्यान दिनुपर्ने कुराहरु, गर्भावस्थामा देखिने खतराका लक्षणहरु, स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा हुने फाईदाहरु, सुत्केरी हुनुभन्दा अघि गरिनुपर्ने पूर्व तयारी, शिशुलाई गर्नुपर्ने स्याहार लगायतका विषयवस्तु समावेश गरिएको थियो । नाटक एकदमै सरल रुपमा बुझेको र यस्ता नाटक विकट ठाउँहरुमा प्रर्दशन गरिनुपर्ने सुझाव दिएका थिए ।
जिल्लाको त्रिपुरेश्वर, धुवाँकोट, लगायतका गाविसहरुमा नाटक प्रर्दशन गरिने वन हार्ट वल्ड वाइड नेपालका जिल्ला संयोजक संञ्जीव शाहीले जानकारी दिए। त्यसैगरी परिवार नियोजन स्मार्ट बन्छ जिवन विषयक नाटक गजुरीको डुँडेठाँटीमा प्रदर्शन गरिएको छ । जिल्लामा संचालित एचसीथ्री परियोजनाले नाटकको आयोजना गरेको हो ।