कल्याण सापकोटा –
कल्याण भनि लेख्न पर्नि,राम लेखिछ ।
जुनी काट्न तिमी सङ्गै,पाम् लेखिछ ।
फोटो आयो के के रैछ, भनि हेरेको त ।
मेहेन्दिले हातमा मेरो, नाम लेखिछ ।
गुलाफले झैँ सुबाश छर्नी,मैँ त हुँ नि सानु ।
तिमीलाई धेरै मायाँ गर्नी,मैँ त हुँ नि सानु ।
किन,चिन्ता गर्छौ तिमी,बिश्वास गर मेरो ।
तिम्रो खाली सिउँदो भर्नी,मैँ त हुँ नि सानु ।