Sat. May 24th, 2025

गुरु पूर्णिमाको अवसरमा नीलकण्ठमा विशेष कार्यक्रम

४ साउन, धादिङ – गुरु पूर्णिमाको अवसरमा मंगलबार सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च माध्यामिक विद्यालयमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

गुरुहरुको को सम्मान स्वरुप विद्यार्थीहरुले एक विशेष कार्यक्रमको आयोजना गरि गुरुका महिमा र गुनगान सहितको रचना प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नीलकण्ठ उच्च माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो । गुरु पूर्णिमा आज भन्दा ५ हजार वर्ष अगाडि देखि सुरु भएको हो । पौराणीक कालमा वेद व्याशलाई नैमिरारत भन्ने ठाउँमा पहिलो गुरु पुजा गरेर सुरु भएको भनाई छ ।

आफ्नो गुरुहरुबाट आर्विद लिने दिज्ञान्त समारोह गरेर मनाइने गुरु पूर्णिमा आज सम्म पनि कायम रहेको विद्ययालयका नेपाली भाषाका प्राध्यापक नविनवन्धु पहाडिले बताए ।

About The Author

अन्य समाचारहरु: